नेपाल एक बहुजातीय,बहुभाषिक,बहुधार्मिक र बहुसंस्कृतिक मुलुक हो । जसरी सुन्दरमालामा फुलहरु सिगारिएका हुन्छन त्यसै गरि हाम्रो देशलाई पनि विविध जति,भाषा,कला,धर्म र संस्कृतिको मिश्रणबाट बिस्वलाई नै मनोहरा पार्ने गरि सजिएको छ । यसमध्ये एउटा चाड हो “ल्होसार” पर्व, जुन शेर्पा समुदायमा प्रचलित हिमाली पर्व हो । “ल्होसार” शब्दलाई बिग्रह गरि अर्थ लाउने हो भने “ल्हो” भनेको बर्ष र “सार” भनेको उदाउनु हो । जसको पूरा अर्थ बर्षको सुरुवात वा आगमन हुनु भन्ने जनाउदछ ।
           ग्याल्बो ल्होसार शेर्पा समुदायको नयाँ बर्ष पनि हो । जुन फल्गुण शुक्ल पक्षीय प्रतिपद बाट आफन्तहरु संग भेटघाट गरि शुभकामना अदानप्रदान गर्दै मीष्ठा भोजन खाई हर्षाल्लासका साथ मनाउने चालन छ । हाल आएर विभिन्न जिल्लाका विभिन्न गाउँबाट राजधानीमा बसोबास गर्ने शेर्पासमुदायले स्थापित संघसंस्था तथा किदुकहरुले आफ्नै बार्षिक कार्यक्रमका रुपमा “ग्याल्बो ल्होसार ” को सुखद उपलक्ष्यमा विविध कार्यक्रम गरि मनाउने गरिन्छ । जसका कारण शेर्पा समुदायको ल्होसार प्रतिको भुकाब ज्याद देखिएको छ । हाल नेपालमा करिब ६० भन्दा बढि संघसंस्था र किदुकहरु दर्ता भएर संचालित छन । त्यस्तै बिदेशमा करिब १५ भन्दा बढि किदुक र संस्थाहरु छन ।
           यसरी शेर्पा समुदायमा संघसंस्था र किदुकहरु संचालनमा आउनु शेर्पा समुदायको बिकास र राज्यकै लागि सुखद पक्ष हो । तर नेपालमा मात्र हाल प्रत्येक संस्थाले “ल्होसार कार्यक्रम ” गर्ने हो भने करिब २० करोड रुपियाँ ग्याल्बो ल्होसारका निमित्त खर्च गरिरहेका छ्न । जुन दु:खद पाटो हो । जसले शेर्पा समुदायबाट आर्थिक क्षेत्रमा ठूलो नोक्सान त पुर्याए तर पनि काठमाडौ केन्द्रित संघसंस्थाले गरेका ल्होसार कार्यक्रम / पिकनिकले ल्होसार मनाउने आधुनिक शैलिले हाम्रो संस्कृतिमा समेत असर गरिरहेको छ । शेर्पा समुदायका यी संघसंस्था र किदुकहरुले यसलाई निरन्तरता दिदै जाने हो भने यसले भबिस्यका युबापिढिका माझ ल्होसारमा “पिकनिक” नै खानुपर्ने संस्कृतिको बिकास गर्ने निश्चित छ । जसले गर्दा शेर्पा समुदायमा स्थापित संघसंस्था र किदुकहरुले यश बिषयलाई गम्भीरताका साथ सुक्ष्म रुपमा बिष्लेशन गर्न जरुरी छ ।
            जसको अर्थ ल्होसार नै नमनाउने भन्ने हैन यसको अर्थ हामी शेर्पा समुदायले बिबेकपुर्ण र तवरबाट बिधिपुर्बक शेर्पा समुदायको महान चाडको सबैले बर्षमा एकचोटि मनाऔ भन्ने हो । यदि हामि प्रत्येक संस्था र किदुकले ल्होसारका निम्ति गरिने खर्च बरु आफ्नो गाउँमा रहेको बिधालय जहाँ शिक्षकको अभाबमा गुणस्तरीय शिक्षाबाट बन्चित समुदायको शिक्षाका निम्ति खर्चा गर्न सक्छौ, ज्वार आउँदा एउटा सिटामोल सेवान गर्न नपाउने स्वस्थ्य चौकिमा उपचारका निम्ति सहयोग गर्न सक्छौ वा राज्यको ढुकुटीबाट कहिले बजेट आउला र बिकास गरौला भनेर कुरिरहेका गाउँका निम्ति खर्छ गर्न सक्छौं । जसले आफ्नो समुदाय संगसगै राज्यको बिकासमा थप टेवा पुर्याउने छन ।
          अन्तमा प्रत्येक संस्था र किदुकले गर्ने ल्होसार कार्यक्रमलाई बरु राज्यस्तरको कुनै संस्थाले आयोजना गरेको कार्यक्रममा एक्यवद्धता जनाएर सामुहिक रुपमा शेर्पा समुदायले बृहत् रुपमा राज्यले महसुस गर्ने गरि स्वदेशमा एउटै ल्होसार भब्य ,सभ्य र बिधिपुर्बक हार्षोल्लसका साथ मनाऔँ । जसले गर्दा शेर्पा समुदायको पर्व र उपस्तिथिलाई राज्यले पनि नजिकबाट नियाल्नेछन । जसबाट शेर्पा समुदायको श्रीबृदिमा थप टेवा पुग्नेछन ।

Publish on : https://himalisandesh.com/archives/4349  /प्रकाशित मिति २ माघ २०७४, मंगलवार १६:०६